प्रधानमन्त्री प्रचण्डले यही ३० गते विश्वासको मत लिने

काठमाडाैं | फागुन २८, २०८०

प्रधानमन्त्री प्रचण्डले यही ३० गते विश्वासको मत लिने

पाेखरा:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

 

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन् ।

 

प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आज पत्र पठाएको सचिवालयले बताएकाे छ ।

 

सभामुख घिमिरेले विश्वासको मत लिने सम्बन्धि व्यवस्थाका लागि फागुन २९ गते कार्यव्यवस्था परामर्श बैठक बोलाएका छन् । उक्त बैठकले सो सम्बन्धमा कार्यसूची तय गर्नेछ ।

 

नयाँ सत्ता गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी आबद्ध छन् ।

काठमाडौँ:  रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।   ग्रान्डी अस्पतालका अनु...

थप पढ्नुहोस्

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्